Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विवाहित युवती त्रिशुलीमा हामफालिन्, पति पक्राउ

    विवाहित युवती त्रिशुलीमा हामफालिन्, पति पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    सांकेतिक तस्विर

    नुवाकोट– नुवाकोटमा नवविवाहित युवती मृत भेटिएकी छिन् । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हाम फालेकी युवती सञ्जु खातीको नदीसँगको बगरमा बजारिएर मृत्यु भएको प्रहरीले अनुमान गरिएको छ ।

    युवतीको मृत्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई पक्राउ गरेको छ । २१ वर्षीया खातीले बुधवार राति त्रिशुलीमा हाम फालेकी थिइन् । करिब ६ महिना अघि मात्र सञ्जु र मौसमबीच विवाह भएको थियो ।



    चारतला माथिबाट हाम फाल्दा बगरमा ठोकिएर मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले बताए। उनका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ । ‘प्रारम्भिक अवस्थालाई हेर्दा उनले त्रिशुलीमा हाम फालेको जस्तो देखिएको छ, थप अनुसन्धान जारी छ’ उनले भने ।
    उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।



    दुई जनाबीचको सम्बन्ध भने त्यति राम्रो नचलेको स्थानीयले बताएका छन् । उनीहरुबीच विवाद भइरने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घटना भएकाे हुनसक्ने स्थानीयको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।

    नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । ‘घटनाबारे राति १० बजेतिर खबर भएको थियो’ थापाले भने,‘प्रहरी घटनास्थल पुग्दा महिला घरमुनी त्रिशुलीको बगरमा मृत अवस्थामा भेटिएकी थिइन् । पुरुष भने अचेत अवस्थामा थिए ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार