Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोनाको प्रभाव

    बजार अनुगमन तिव्र पार्नेदेखि सिमामा निगरानी बढाउन गृहमन्त्रीको निर्देशन

    बजार अनुगमन तिव्र पार्नेदेखि सिमामा निगरानी बढाउन गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक चीनको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेका बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सीमा नाकामा आवतजावत गर्नेमाथि थप निगरानी बढाउनेदेखि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध काडा रुपमा प्रस्तुन हुन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।

    कोरोना भाइरसको कारण देखाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेदेखि अभाव सृजना गरिरहेकोप्रति सरकारले चासो देखाएको हो । गृहमन्त्री थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले अनुगमन तीब्र पार्ने निर्णय गरेको छ ।



    बैठकमा गृहममन्त्री थापाले कोरोनाको प्रभाव न्यूीनकरणका लागि पूर्वतयारी स्थितिमा रहन पनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।



    कोरोना भाइरसको संक्रमणले त्रास फैलाइरहेका बेला व्यापारीहरुले भने बजारमा खाद्यान्नदेखि ग्यास, औषधी, माक्सलगायतका दैनिक उपभोग्य सामानहरुको अभाव देखाइरहेका छन् ।

    बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायत उपस्थित थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार