Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • छिट्टै काममा फर्कनेछु : प्रधानमन्त्री ओली

    छिट्टै काममा फर्कनेछु : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । बुधबार मिर्गौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्जरी पछी शुक्रबार पहिलो पटक प्रधानमन्त्रीसँग कुरा गर्ने अवसर मिलेको बताएका छन् ।

    उनले भनेका छन,सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो । ‘साथिहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ । छिट्टै म काममा फर्किन्छु ।’



    प्रधानमन्त्री ओलीसँग प्रत्यक्षरुपमा भेटघाट गर्न कसैलाई पनि दिइएको छैन । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा छिटो सङ्क्रमण बढ्न सक्ने जनाउँदै भेट गर्न रोक लगाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताए । “प्रत्यारोपणमा संलग्न र ‘क्रिटिकल केयर’का चिकित्सक तथा नर्सबाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन”, प्रेस सल्लाहकार थापाले भने, “ उहाँले परिवारिक रुपमा पनि अझै भेटघाट गरिरहनुभएको छैन ।”



    प्रधानमन्त्रीलाई सात दिनभित्र अस्पतालबाट फर्काइने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे नियमित जानकारी दिइने प्रेस सल्लाहकार थापाले बताए । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन आजै अपराह्न गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायत शिक्षण अस्पताल पुगेका थिए ।

    प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षकृत सुधार आएको र प्रत्यारोपित मिर्गौलाले राम्रो काम गरिरहेको चिकित्सकहरुले बताएका छन् । भान्जी समीक्षा संग्रौलाको मिर्गौला प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गरिएको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार