Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • नेपाल प्रहरीका डिआइजी सुब्बाद्वारा राजीनामा

    नेपाल प्रहरीका डिआइजी सुब्बाद्वारा राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । संगठनप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। शुक्रबार नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजीले राजीनामा पत्र प्रहरी प्रधान कार्यालयलाई बुझाएका हुन्।

    चार वर्षदेखि उनी डिआइजी पदमा कार्यरत छन्। प्राविधिकतर्फ भने एआइजीको दरबन्दी छैन। आफूभन्दा जुनियर अधिकारी आइजी, एआइजी हुँदा पनि संगठन/गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै उनले असन्तुष्ट व्यक्त गर्दै आएका थिए।१९ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत छन्।



    हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्।  उनको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरेको छैन।  नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन उनको ठूलो योगदान छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार