Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ट्रस्टको जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणा तयार

    ट्रस्टको जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणा तयार

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन्। हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा छाड्न तयार भएकी हुन् । तर, उनले यसका लागि सरकारसँग थप समय मागेकी छिन् ।

    गत ४ माघमा ट्रस्ट कार्यालयले घरजग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो । म्याद गुज्रिएपछि घरजग्गा खाली गर्न थप समय माग गर्दै प्रेरणाले ट्रस्ट कार्यालयमा निवेदन दिएकी छिन् । तर, ट्रस्ट सञ्चालक समितिको बैठक बस्न नसक्दा सो सम्बन्धमा निर्णय हुन नसकेको कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीले बताए । आगामी बैठकमा म्याद थपसम्बन्धी प्रेरणाको प्रस्ताव लैजाने ट्रस्टको तयारी छ ।नयाँ पत्रिकामा खबर छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार