Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वभर कोरोनाबाट मर्नेको संख्या ३४ सय बढी, कुन देशमा कति ? (तथ्याङ्कसहित)

    विश्वभर कोरोनाबाट मर्नेको संख्या ३४ सय बढी, कुन देशमा कति ? (तथ्याङ्कसहित)

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    एजेन्सी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार शुक्रबार बेलुकीसम्म सो रोगको संक्रमणबाट मृत्यु हुनेरुको संख्या (विश्वभर) ३४ सय ३६ जना पुगेको छ भने १ लाख १ हजार ७ सय १० जनामा संक्रमण देखिएको छ । विश्वका ९० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ ।

    चीनको जोन्स हपकिन्स विश्वविद्यालयकाअनुसार चीनमा कम्तिमा ३,०४२ जना व्यक्तिको मृत्यु भएको छ भने विश्वको अन्य भागमा ३१४ जनाको ज्यान गएको छ, जसमध्ये अधिकांश इटाली र इरानका रहेका छन् ।



    पछिल्लो २४ घण्टाभित्र इरानमा कम्तिमा १,२०० नयाँ संक्रमितहरु देखा परेका छन् । यो कोरोना प्रकोप सुरु भएदेखिकै देशको सबैभन्दा ठूलो संक्रमणको फड्को हो । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको रिपोर्टअनुसार थप १२४ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा १ सय ९७ जनाको मृत्यु भएको छ ।



    त्यस्तै फ्रान्समा पनि रातारात १५४ जना नयाँ संक्रमितहरु थपिएको बताइएको छ । त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १२ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

    खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार