Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडाैमा शिक्षिकाले नै विद्यार्थीको ब्लेडले हात चिर्न लगाइन्!

    काठमाडाैमा शिक्षिकाले नै विद्यार्थीको ब्लेडले हात चिर्न लगाइन्!

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 4.9K
    SHARES

    नयाँ पत्रिका दैनिकले ‘शिक्षिकाले नै कम नम्बर ल्याउने विद्यार्थीको ब्लेडले हात चिर्न लगाइन्’ शीर्षकमा समाचार लेखेको छ ।

    परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।



    १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए ।



    निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार