Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कालिका नगरपालिकाले किन टेर्दैन शिक्षा मन्त्रालयको निर्देशन ? 

    कालिका नगरपालिकाले किन टेर्दैन शिक्षा मन्त्रालयको निर्देशन ? 

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 1.7K
    SHARES

    चितवन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत्र ५ गतेभित्र देशभरका विद्यालयहरुले परीक्षा सम्पन्न गरिसक्न र परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गर्न दिइएको निर्देशनको कालिका नगरपालिकाले भने अवज्ञा गरेको छ ।

    यस अगाडि चैत्रबाट सुरु हुने भनिएका सबै परीक्षा तथा कक्षा ८ को परीक्षा पनि यही फागुन २८ गतेबाट हुँदैछ ।
    चितवनका सबै पालिकाहरुले सम्बन्धित विद्यालयमा नै कक्षा ८ को परीक्षा केन्द्र तोकी संचालन गर्ने निर्णय गरे पनि कालिका नगरपालिकाले भने मन्त्रालयको निर्णय मान्नृुपर्ने बाध्यता नभएको भन्दै यस अगाडिको परीक्षा केन्द्र कायमै गर्ने र मिति भने निर्देशन अनुसार नै सार्ने भएको छ ।



    देशभर कोरोना भाइरस संक्रमणको त्रासले भीडभाड र आवतजावतमा कमि गर्नुपर्नेमा कालिका नगरपालिकाले भने कक्षा ८ को परीक्षा अन्र्त्विद्यालय गरेर दादगिरी देखाएकोमा प्याब्सन अन्तर्गतका विद्यालयहरुले दुःखेसो व्यक्त गरेका छन् ।
    जिल्लाभर भए अनुसार नै परीक्षा संचालन गर्नुपर्ने भन्दै प्याब्सन कालिकाका केही प्रतिनिधिहरु शुक्रबार कालिका नगरपालिका पुगी परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गर्न अनुरोध गरेका थिए ।



    जिल्लाभर भए अनुसार नै परीक्षा संचालन गरेमा राम्रो हुने पक्षमा आफू रहेको प्याब्सन कालिकाका अध्यक्ष चित्र बहादुर रायमाझीले जानकारी दिए ।

    चितवनको पहाडी गाउँ सिद्धिका विद्यार्थीहरु आफ्नो पहाडी विकट गाउँबाट बिधालय आइ पुग्न २ घन्टा हिंडनु पर्ने र आफ्नो बिद्यालयबाट परिक्षा केन्द्र पुग्न विद्यार्थीहरु १ घण्टाको बाटो हिँडेर परीक्षा दिन शक्तिखोर आइपुग्नु पर्ने बाध्यता यो बिषम परिस्थितिमा दुःखद रहेको शिक्षकहरुले बताए ।

    सिद्धिको विद्यालय उदाहरण मात्र हो कालिकाभित्र यस्ता दुःख पाउने विद्यार्थीहरु धेरै भएको उनीहरुको भनाइ छ ।
    कालिका नगर शिक्षा प्रमुख नारायण वाग्लेले जिल्लाका सबै पालिकामा सम्बन्धित विद्यालयमा परीक्षा हुने भएको भन्दै कालिका नगरले भने यस अगाडि भएको निर्णयलाई कायमै राखेको जानकारी दिए ।

    शिक्षा मन्त्रालयको निर्देशन विपरीत कालिकामा हामीले जे गरे पनि पाउनुपर्ने भन्दै अहम् र दम्भ देखाउनु शिक्षा क्षेत्रको नितिगत भ्रष्टाचारको एउटा उदाहरण भएको शिक्षकहरुको भनाइ छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार