Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • साउदी राजपरिवारका तीन जना उच्च सदस्य पक्राउ

    साउदी राजपरिवारका तीन जना उच्च सदस्य पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    रियाद। साउदी अरेबियाका राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् ।

    राजाका भाइसहित तीन जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज क्राउन प्रिन्स मोहम्मद बिन सलमानले निर्देशन दिएको खबरमा उल्लेख छ ।



    पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन् । सन् २०१७ मा साउदी राजपरिवारका धेरै सदस्य, मन्त्री तथा व्यवसायीलाई रियाधको सुविधा सम्पन्न होटलमा बन्धक बनाइएपछि त्यहाँभित्रको विवादका विषय बाहिरिँदै आएका छन् ।



    युवराज सलमानलाई साउदी अरेबियाको वास्तविक शासकका रुपमा लिइन्छ । सन् २०१६ मा साउदी अरेबिया राजा सलमानले युवराज घोषित गरेपछि सत्ताको वास्तविक नियन्त्रण उहाँमा आएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार