Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बैतडीमा अनटेष्ट जीप दुर्घटना: चालकको मृत्यु, ६ जना घाइते

    बैतडीमा अनटेष्ट जीप दुर्घटना: चालकको मृत्यु, ६ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    फाइल फोटो

    बैतडी । बैतडीमा जीप दुर्घटना भएकाे छ। कैलालीको धनगढीबाट दार्चुला जाँदै गरेको जीप बैतडीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ। त्यस्तै दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, जसमा चार जना गम्भीर घाइते भएका छन् ।

    अनटेष्ट १२५७ नं. को जीप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा पनतोलीमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा चालक दार्चुला दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेका छन् ।



    घाइते हुनेमा दार्चुला दुहु ४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् ।



    जीप सडकबाट २५० मिटर तल खसेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार