Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पत्रकार शाह हत्या प्रकरणः मुख्य अभियुक्त पक्राउ गर्न फायरिङ

    पत्रकार शाह हत्या प्रकरणः मुख्य अभियुक्त पक्राउ गर्न फायरिङ

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    रौतहट । बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपीलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत बाराले जन्मकैदको फैसला समेत सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारा प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।

    उनलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड हवाई फाइरिङ समेत गर्नु परेको बाराका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प‌गेनीले बताए। फरार सूचीमा रहेका फाैजदारलाई निरन्तरकाे प्रयासपछि प्रकाउ गर्न प्रहरी सफल भएकाे एसपी प‌गेनीले बताए।



    लामो समयदेखि फरार रहेका फौजदार होली मनाउनको लागि घरमा आएको गोप्य सूचनाका आधारमा प्रहरी उनको घर पुगेको थियो। नियन्त्रणमा लिने क्रममा केही आफन्तले अवरोध गरेपछि हवाइ फाइरिङ समेत गर्नु परेको एसपी प‌गेनीले बताए।



    २०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाउँ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेका थिए । साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए ।

    अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तर्राष्ट्रियस्तरमा आवाज उठ्न थालेपछि खोजतलास गर्दैजाँदा अपहरणको झण्डै एक महिनापछि प्रहरीले पत्रकार बिरेन्द्र साहको शव फेला पारेको थियो ।

    बाराको पिपरा गाउँबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो ।साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेल लगायत दुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको थियो ।

    १२ बर्षपछि पक्राउ परेका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन् ।स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाता थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार