Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुग्यो

    कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार शुक्रबार बेलुकीसम्म सो रोगको संक्रमणबाट मृत्यु हुनेरुको संख्या (विश्वभर) ३ हजार ६ सय पुगेको छ भने १ लाख १ हजार ७ सय १० जनामा संक्रमण देखिएको छ ।

    कोरोना संक्रमित मध्ये ६० हजार १ सय ९० जना स्वस्थ भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ३५ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



    कोरोना संक्रमितमध्ये सबैभन्दा बढी चीनमा ८० हजार ६ सय ९६ जना संक्रमित छन् । चीनमा नयाँ ४५ जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाकै कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार ९७ पुगेको छ ।



    त्यस्तै दोस्रो धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा ५० ज्यान गुमाएका छन् भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ५ हजार ८ सय ८३ संक्रमित रहेको र ३ सय ३३ जनाले ज्यान गुमाएको समाचार प्रकाशन भएका छन् ।

    त्यस्तै इरानमा १ सय ४५ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १२ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

    खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । अहिलेसम्म १ सय ३ राष्ट्रमा कोरोनाको संक्रमण फैलिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार