Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माल्टा र कुवेत पठाइदिन्छु भन्दै साढे २ करोड ठगी गर्ने श्रेष्ठ पक्राउ

    माल्टा र कुवेत पठाइदिन्छु भन्दै साढे २ करोड ठगी गर्ने श्रेष्ठ पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न वयक्तिहरुलाई प्रलोभनमा पारी अफ्रिकन देश माल्टा तथा कुवेत पठाउछु भनि करोडौं ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    काठमाडौं परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदी अनुसार सुन्धारास्थित सीटीसी महलमा Glorious Wellness SPA Pvt. Ltd. नामक कार्यालय सञ्चालन गरी ६० जनालाई ठगी गरी फरार भएका वावुराम श्रेष्ठलाई लाई शुक्रबार नेपालगञ्जबाट पक्राउ गरिएको हो ।



    अर्गाखाँची छत्रदेव गाउँपालिका–७ भगवति घर भई हाल जिल्ला काठमाडौ सुन्धारा वस्ने वर्ष ३८ का श्रेष्ठ ६० जनाबाट २ करोड ५८ लाख लिएर सम्पर्क विहिन भएका थिए ।



    परिसरले विशेष सूचनाको आधारमा श्रेष्ठलाई नेपालगञ्जवाट पक्राउ गरी काठमाडौं ल्याएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए ।

    बोगटीका अनुसार श्रेष्ठले माल्टा जान प्रति व्यक्ति १० लाख लाग्ने र प्रति महिना १२ सय युरो कमाई हुन्छ भनेर प्रलोभन देखाई २६ जना व्यक्तिसँग ६/६ लाखका दरले १ करोड ५६ लाख उठाएका थिए ।

    त्यसैगरी श्रेष्ठले ३४ जना व्यक्तिहरुलाई कुवेत पठाइदिन्छु भनि ३/३ लाख लिएको पनि खुलेको छ । प्रति व्यक्ति ६ लाख लाग्ने र प्रति महिना २२ सय दिराम कमाई हुन्छ भनेर उनले ३४ जनाबाट १ करोड दुई लाख उठाएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

    २ करोड ५८ लाख उठाएर सम्पर्क विहिन बनेका श्रेष्ठले पीडितहरुलाई भोली–भोली भन्दै टार्दै आएपछि पीडितहरुले नै प्रहरीमा उजुरी दिएका थिए ।

    डिएसपी बोगटीका अनुसार पीडितहरुकै उजुरीको आधारमा सम्मानित अदालतवाट पक्राउ पुर्जी जारी गरी श्रेष्ठलार्य नियन्त्रणमा लिएको हो ।

    श्रेष्ठ पक्राउ परेसँगै उनको कार्यालयमा खान तलासी गर्दा विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिहरुको राहदानी समेत बरामद भएको डिएसपी बोगटीले बताए ।

    प्रहरीले श्रेष्ठबाट अन्य कोही ठगिएको भएमा महानगरीय प्रहरी परिसरमा समन्वय गर्न अनुरोध गर्दै श्रेष्ठमाथि थप अनुसन्धान भइरहहेको पनि जानकारी गराएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार