Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • वैवाहिक कार्यक्रममा भाग लिन चितवन पुगेका प्रचण्डलाई सिडिओको स्वागत

    वैवाहिक कार्यक्रममा भाग लिन चितवन पुगेका प्रचण्डलाई सिडिओको स्वागत

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । विरामी भएर घरमै आराम गरिरहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन्।

    सचिवालयका अनुसार वैवाहिक कार्यक्रममा भाग लिन उनी आज बिहान भरतपुर पुगेका हुन्।



    भरतपुर पुगेका प्रचण्डको स्वागतका लागि चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई विमानस्थल पुगेका थिए ।



    प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको दिनदेखि नै प्रचण्ड पनि घरमै आराम गरिरहेका थिए ।

    प्रचण्ड ओलीको मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन अर्थात गत मंगलबार शिक्षण अस्पताल पुगेका थिए ।

    रुघाखोकी र सामान्य ज्वरो आएपछि अध्यक्ष प्रचण्डले घरमै आराम गरिरहेका थिए भने भेटघाट पनि कम गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार