Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इटालीमा कोरोनाका कारण मृतककाे संख्या ३ सय बढी

    इटालीमा कोरोनाका कारण मृतककाे संख्या ३ सय बढी

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    एजेन्सी । चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे नाेबेल कोरोना भाइरसबाट इरानपछि बढी प्रभावित मध्ये इटाली रहेकाे छ। इटालीले यात्रामा प्रतिबन्ध लगाएपनि मानवीय क्षति भने बढिरहेको छ। संक्रमणबाट एकैदिन थप १३३ जनाको मृत्यु भएपछि इटालीमा यो महामारीका कारण ज्यान गुमाउने मानिसहरुको संख्या ३६६ पुगेको छ।

    हवाई सुरक्षा एजेन्सीका अधिकारीहरुका अनुसार संक्रमण समेत तीब्र गतिमा फैलिएको छ। बीबीसीको अनुसार ५८८३ संक्रमित पहिचान गरिएकोमा यो संख्या बढेर आज बिहानसम्म ७३७५ पुगेको छ। कोरोना संक्रमणले भारत त्रस्त, नेपालले के गर्ने ? संक्रमण र महामारी नियन्त्रणका लागि गरिएको व्यापक प्रयासका बाबजुद पनि इटालीमा संक्रमित र ज्यान गुमाउनेहरुको संख्या तीब्र रुपमा बढिरहेको हो। कोरोनाको उद्गमथलो भनिएको चीनपछि इटालीमा नै संक्रमितहरुको संख्या बढी रहेको छ। इटालीपछि दक्षिण कोरियामा ७३१३ जनामा संक्रमण भेटिएको छ।



    इटालीले ल्याएको नयाँ क्वारेन्टाइन नियममा ल्याम्बोर्डी र अन्य प्रान्तका एक करोड ६० लाख मानिसहरुलाई यात्राका लागि विशेष अनूमति चाहिने व्यवस्था गरिएको छ। त्यहाँका प्रधानमन्त्री गिउसेप्पे कोन्तेले विद्यालय, जीमखाना, संग्रहालय, रात्रीक्लब र बढी मानवीय भीडभाड हुने स्थानलाई बन्द गर्न आदेश समेत दिइसकेका छन्। इटाली विश्वमै बृद्धहरुको संख्या बढी भएको मुलुक हो। महामारीको रुप लिएको कोरोना भाइरसबाट बृद्ध र बालबालिकाहरु नै बढी जोखिममा पर्ने गर्छन्।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार