Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कति वर्षकी भइन् रबिना टन्डनकी छोरी राशा?

    कति वर्षकी भइन् रबिना टन्डनकी छोरी राशा?

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । बलिउड नायिका रबिना टन्डनकी छोरी राशा थडानी १५ वर्ष पुगेकी छिन् । रबिनाले सन् २००४ मा अनिल थडानीसँग विवाह गरेकी थिइन् । अनिल फिल्म डिस्ट्रीब्यूटर्स हुन् । रबिना र अनिलले सन् २००३ मा ‘स्टम्प्ड’ फिल्मको सेटमा डेटिङ सुरु गरेका थिए, त्यसको एक वर्षपछि दुईले विवाह गरे । सन् २००५ मा जन्मिएकी राशाले शनिबार आफ्नी आमासँग आफ्नो जन्मदिनको उत्सव मनाएकी छिन् ।

    सन् २००८ मा रबिनाले छोरा रणबीरवर्धनलाई पनि जन्म दिइन् । आमा–छोरीलाई धेरैजसो मुम्बईमा सँगै घुमिरहेको देख्न सकिन्छ । शनिबार पनि उनीहरुलाई ‘प्रि–बर्थडे’ सेलिब्रेसनमा भेटियो । राशा थडानी आमासँग ‘दादा साहेब फाल्के अवार्ड’ मा पुगेकी थिइन् । पढाईका साथै रबिना र अनिल आफ्ना छोरीहरुलाई बक्सिङको तालिम पनि दिन्छन् । रबिना इन्स्टाग्राममा तालिमका विभिन्न भिडियो सेयर गर्ने गर्छिन् ।



    रबिनाले दुई जनालाई धर्मपुत्री बनाएकी छिन् । एक्ली आमाको रुपमा रबिनाले सन् १९९५ मा पूजा र छाया नामका दुईजनालाई धर्मपुत्री बनाएकी हुन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार