Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मापसे गरेर ट्राफिक प्रहरीलाई घुसको अफर दिन खाेजेपछि‍‍…

    मापसे गरेर ट्राफिक प्रहरीलाई घुसको अफर दिन खाेजेपछि‍‍…

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौँ । मादक पदार्थ सेवन (मापसे) गरेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन्।

    कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।



    उक्त कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । उनले कलंकी चोकमा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।



    यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार