Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एआइजीकै संरक्षणमा गैरकानुनी रुपमा अस्पताल संचालन!

    एआइजीकै संरक्षणमा गैरकानुनी रुपमा अस्पताल संचालन!

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । राजधानीका प्राइभेट अस्पतालले राज्यका नियम कानुनको खुलारुपमा उल्लंघन गर्दैआएका छन् । यसरी राज्यका ऐन कानुनको उल्लंघन गर्ने अस्पताल हो, काठमाडौंको बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल । उक्त अस्पताल टोखा नगरपालिका वडा नम्बर ५ मा छ । र, सरकारी जग्गा समेत मिचेर अस्पतालको भवन बनेको स्थानीयको भनाइ छ । अस्पतालले बेडको क्षमता बिस्तारका लागि नगरपालिकाबाट अनुमति लिने क्रममा सरकारी जग्गा मिचेको पाइएपछि अनुमति नदिएको अस्पतालनजिकै घर भएका स्थानीय किशोर शर्मा बताउँछन् ।

    २५ शैयाको अनुमति, ७५ शैया संचालन
    उक्त अस्पतालले २५ बेडको स्वीकृति लिएर ७५ बेड संचालन गरिरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति लिएर २५ बेडको अस्पताल संचालन गर्दैआएको इशानले ७५ बेड संचालन गरिरहेको छ । २५ बेडको अनुमति ७५ बेड संचालन गर्दैआएको इशानले स्वास्थ्य मन्त्रालयबाट अनुगमन गर्न जाने टोलीलाई एकाध लाख रुपैयाँ घुस दिएर अनियमित रुपमा अस्पताल संचालन गर्दैआएको छ । उक्त अस्पतालको कम्प्युटरदेखि सबै खातापाता नियन्त्रणमा लिएर अनुसन्धान गर्ने हो भने उक्त अस्पतालले २५ बेडको अनुमति लिएर ७५ बेड संचालन गरेको खुल्ने अस्पताल स्रोत बताउँछ ।



    सरकारी अस्पतालका डाक्टर संचालक
    सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले संचालन गर्दैआएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरु नै त्यो अस्पतालका संचालक छन् । जबकि सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले प्राइभेट अस्पताल खोल्न पाइँदैन । शिक्षण अस्पतालमा आउने बिरामीलाई इशानमा लाने र चर्को शुल्क असुल्ने गरेका छन् । प्रहरी अस्पतालका प्रमुख एआइजी डा. आशा सिंह पनि त्यो अस्पतालका लगानीकर्तामध्येकी एक हुन् । उनकै संरक्षणमा उक्त अस्पतालले गैरकानुनी रुपमा २५ बेडको स्वीकृति लिएर ७५ बेड संचालन गर्दैआएको छ ।



    शिक्षण अस्पताल महाराजगंजका गाइनोका डाक्टर गीता गुरुङ इशान अस्पतालको संचालक हुन् । सरकारी सेवामा रहेर अर्को प्राइभेट अस्पतालको संचालक हुन पाइँदैन । वीर अस्पतालको एनेस्थेसिया प्रमुख डा. शान्ता सापकोटा पनि इशान अस्पतालको संचालक हुन् । यसरी सरकारी अस्पतालमा जागिर खाने र प्राइभेट अस्पतालमा लगानी गरी संचालक हुनेमाथि शिक्षण अस्पतालको प्रशासन र स्वास्थ्य मन्त्रालयले कारबाही गर्न सकेको छैन । यी दुई डाक्टर उक्त अस्पतालका संचालक हुन् भन्ने कुरा शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गा र वीर अस्पतालका डा. केदार सेन्चुरीलाई पनि जानकारी छ । तर उनीहरुले एक्सन लिन सकेका छैनन् ।

    उक्त अस्पतालमा कतिसम्म लापरबाही हुन्छ भन्ने उदाहरण केही समयअघि एपेन्डिक्स नै नभएको बच्चालाई जबर्जस्ती अप्रेसन गरेको घटनाबाट पुष्टी हुन्छ । जबर्जस्ती अप्रेसन गरिएको तर एपेन्डिक्स नभएको खुलेपछि हतार हतार बिरामीका अभिभावकलाई सुटुक्क क्षतिपूर्ति दिएर ढिसमिस पारिएको थियो ।

    बिरामीबाट चर्को शुल्क असुल्ने इशानसहित दुई अस्पतालविरुद्ध प्रहरीले २०७४ पुस १८ मा मुद्दा दायर गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले इशान बाल तथा महिला अस्पतालविरुद्ध ठगीअन्तर्गत मुद्दा दायर गरेको थियो ।

    आपूर्ति विभागले उपत्यकाका अस्पतालले उपचारका नाममा ठगी गरेको भन्दै आवश्यक कारबाहीका लागि २०७४ पुस १७ मा प्रहरीलाई कारबाहीका लागि पत्र पठाएको थियो ।

    विभागका तत्कालीन महानिर्देशक कुमार दाहालका अनुसार अनुगमनमा इशान अस्पतालले बेड, बेड चार्ज डिलक्स गरी एकै शीर्षकमा दुई पटकसम्म बिरामीबाट चर्को शुल्क असुल गरेको, गेट पास चार्ज, अपरेसन चार्ज, प्रक्रिया चार्ज, प्रि एनेक्स चार्ज तथा बिरामी कुरुवाको समेत शुल्क असुल गरेको भेटिएको थियो । यसरी बिरामी लुट्ने उक्त अस्पतालमा सरकारी डाक्टर नै संलग्न रहेका छन् । र, उनीहरुले उक्त ठगी मुद्दा पनि पैसाकै बलले कारबाही हुनबाट रोकेका छन् । साँघु साप्ताहिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार