Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नायिका करिश्माको होली कोरोनाका कारण रद्द, १ लाख सहयोग

    नायिका करिश्माको होली कोरोनाका कारण रद्द, १ लाख सहयोग

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । लामो समयदेखि होली मनाउँदै आएकी नायिका करिष्मा मानन्धर यो वर्ष होली नमनाउने भएकी छन् । हरेक वर्ष कलाकारहरुलाई आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी करिष्माले कोरोनाको संक्रमणको डरले यो वर्ष होली नमनाउने निर्णय गरेकी हुन् । उनले एक दशकभन्दा लामो समयदेखि सयौं सेलिब्रिटीलाई गोदावरीस्थित आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी छिन् ।

    “हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दसैं, तिहार होस या फागु । गएको साल एसईईको परीक्षाको कारणले मनाउन पाइएन” उनले फेसबुक पेजमा लेखेकी छिन्, “यो वर्ष उत्साह थियो । तर अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा येस्तो नजिकबट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउँदा राम्रो हुन्छ ।”




    सरकारले कोरोना संक्रमणको उच्च सम्भावना रहेको भन्दै सभा, सम्मेलन तथा ठूलो संख्यामा जमघट नगर्न आग्रह गरिसकेको छ । यसैबीच, नायिका करिष्मा मान्नधरले यो वर्ष होली खेल्दा खर्च हुने रकम सहयोग गरेकी छिन् । उनले चलचित्र विकास बोर्डका तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईकी श्रीमतीलाई एक लाख एक हजार एकसय रुपैयाँ सहयोग गरेकी हुन् । भट्टराईको निधन भएपछि आर्थिक अभाव झेलिरहेकी उनकी श्रीमती तथा परिवारलाई नायिका मानन्धरले सहयोग गरेकी हुन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार