Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस्तो भयो नेपाली नायिकाहरुको होली

    यस्तो भयो नेपाली नायिकाहरुको होली

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । विश्वभर नोबेल कोरोना भाइरसको संक्रमण फैलिएर महामारीको रुप लिएको अवस्थामा नेपालमा पनि त्यसको असर देखा परेको छ । यद्यपी नेपालमा भने कसैमा पनि कारोनाको पुष्टि भएको छैन ।

    तर, बजारमा कालोबजारी शुरु भइरकेको छ । यस वर्षको होलीमा पनि कोरोनाको प्रभाव देखिएको । अघिल्ला वर्षहरुमा काठमाडौंलगायत देशका विभिन्न स्थानमा होलीको रौनक खुब हुन्थ्यो । तर, यो वर्ष खासै उल्लासमय हुन सकेन ।



    सबैले आ–आफ्नै घरमा सौहार्दपूर्ण रुपमा होली खेलेको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । अघिल्ला वर्षहरुमा होलीको २÷४ दिन अघि नै गल्ली गल्लीमा होली लाग्थ्यो । जुन विकृति पनि थियो ।



    तर, यो वर्ष भने होलीकै दिन पनि कमै मात्रामा होली खेलेको देखियो । नेपाली नायिकाहरुले पनि यो वर्ष घरमै होली मनाए ।

    कुनै समयकी चर्चित नायिका रेखा थापाले पनि घरमै होली मनाएको तस्विर सार्वजनिक गरेकी छन् ।

    ह्याप्पी होली लेखेर उनले आफ्नो र परिवारसहितको फोटो पोष्ट गरेकी छन् ।

    त्यसैगरी नायिका पूजा शर्माले पनि आफ्नो इन्स्टामा होली खेलिरहको तस्विर पोष्ट गरेकी छन् । तस्विरमा उनी नायक पर्ल शाहसँग रमाइरहेको देखिन्छिन् ।

    अर्की चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भने आफ्ना साथिहरुसँग होली खेलेको फोटो पोष्ट गरेकी छन् ।

    अर्की हट नायिका प्रियंका कार्कीले भने आफ्नो श्रीमान् आयुष्मान देशराजसँग होली खेलेको फोटो आफ्नो इन्स्टामा सेयर गरेकी छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार