Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • २० अर्बको विद्युत् आयात गरिरहेको प्राधिकरणले ५० अर्बको बिजुली बेच्ने

    २० अर्बको विद्युत् आयात गरिरहेको प्राधिकरणले ५० अर्बको बिजुली बेच्ने

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो ।

    विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७÷०७८ अर्थात् आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ ।



    चालू वर्षमा विद्युत् निर्यात नभए पनि २०७७÷७८ मा १ अर्ब ६ करोड ३० लाख, २०७८÷७९ मा ८ अर्ब १८ करोड ३० लाख, २०७९÷८० मा १७ अर्ब ५३ करोड ८० लाख तथा २०८०÷८१ सालमा २२ अर्ब १३ करोड ८० लाख निर्यात गर्ने योजना प्राधिकरणको छ ।



    पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पुर्‍याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पुर्‍याउने योजना छ । आगामी वर्षदेखि विद्युत् खेर जाने भन्दै विद्युत् प्राधिकरणले विद्युत् निर्यातको योजना अघि बढे पनि कसरी निर्यात गर्ने भन्ने टुंगो लागेको छैन ।

    विशेष गरी सरकारले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना बनाएको छ । भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका निर्माण गरेपनि नेपाल लगायतले भने अझै यसबारे कुनै नीति बनाइसकेका छैनन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार