Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • बन्दुकसहित २ जना पक्राउ

    बन्दुकसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 1.7K
    SHARES

    रौतहट । रौतहटको गढीमाई नगरपालिकाबाट बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय रौतहटको टोलीले गढीमाई– ६ धर्मपुरको बागमती नदी किनारबाट सोमबार राति सर्लाहीको धनकौल गाउँपालिका–६ घर भएका २१ वर्षीय राजेश राम महरा र २६ वर्षीय जयनारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।



    उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद गरिएको छ । नियमित गस्तीमा निस्किएका प्रहरी टोलीलाई देख्ने बित्तिकै उनीहरू भाग्ने क्रममा पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार