Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काठमाडाैंमा युवकमाथि एसिड प्रहार!

    काठमाडाैंमा युवकमाथि एसिड प्रहार!

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 3.4K
    SHARES

    काठमाडौं । काठमाडौं एक युवकमाथि एसिड प्रहार भएको छ । नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि एसिड आक्रमण भएको हो ।

    सोमबार राति १२ बजे सुतिरहेको समयमा श्रीमती प्रतिमा थापाले रामराजामाथि एसिड आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी वृत बालाजुका डीएसपी रञ्जितसिंह राठौरले २७ वर्षीया श्रीमती प्रतिमालाई नियन्त्रणमा लिएको बताए ।



    डीएसपी राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । प्रहरीका अनुसार प्रतिमाले भने झ्यालमा एसिड राखिएको र आफै बोत्तल खसेर मुखमा पर्न गएको बयान दिएकी छन् ।



    एसिडले थापाको अनुहार र हातमा चोट लागेको र उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजाराम र प्रतिमाबीच यसअघिदेखि नै मनमुटाब हुँदै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार