Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रेल चलाउने कर्मचारी भेटिएनन्

    रेल चलाउने कर्मचारी भेटिएनन्

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एकजनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।

    उक्त रेल सेवा सञ्चालनका लागि रल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो ।



    आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेलवे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवदेन माग गरिएकोमा विज्ञापनको अन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिए ।



    उनले भने, ‘अब सो कर्मचारी भर्ना गर्न ग्लोबल विज्ञापन गरिने छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार