Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्तरराष्ट्रिय उडान २०% कटौती, विमानस्थलमा आधा यात्रु घटे

    अन्तरराष्ट्रिय उडान २०% कटौती, विमानस्थलमा आधा यात्रु घटे

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडान करीब २० प्रतिशतले कटौती भएको छ भने करीब ५० प्रतिशत यात्रु घटेका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा अन्तरराष्ट्रिय उडान गर्दै आएका वायुसेवा प्रदायकले आफ्ना उडान कटौती गर्न थालेका छन् । नेपालमा २८ ओटा विमान सेवा प्रदायकले अन्तरराष्ट्रिय उडान गर्ने गरेकोमा कुल उडान संख्याको करीब ८० प्रतिशत उडान कायमै रहेको उड्डयन प्राधिकरणले जानकारी दिएको छ । अन्तरराष्ट्रिय उडान २० प्रतिशत मात्र कटौती भए पनि यात्रुको संख्यामा भने झन्डै ५० प्रतिशत कमी आएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।



    ‘कोरोनाको प्रभावले अन्तरराष्ट्रिय उडान संख्या धेरै नघटे पनि यात्रु संख्या भने निकै घटेको छ । अन्तरराष्ट्रिय मापदण्डअनुसार कुनै पनि देशले हवाई उडानमा प्रतिबन्ध लगाउन मिल्दैन । तर, सेवा प्रदायकहरूले आफ् नो व्यापार हेरेर उडान संख्या तलमाथि गरेका छन्,’ उनले भने । कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा कटौती भएको छ भने अन्य मुलुकबाट हुने उडानमा त्यति धेरै समस्या नरहेको उनको भनाइ छ ।



    प्राधिकरणका अनुसार अन्तरराष्ट्रिय विमानस्थलबाट अघिल्लो वर्षको यही सिजनमा दैनिक सयदेखि ११० ओटासम्म अतन्तरराष्ट्रिय उडान हुने गरेको थियो । तर, अहिले दैनिक सरदर ८० देखि ८५ उडानमात्र हुने गरेको छ । पहिले अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुने गरेकोमा अहिले त्यो घटेर ५ हजार देखि ५५ सयमा झरेको प्रवक्ता क्षत्रीले बताए ।

    सबैभन्दा बढी चीनको उडानमा कटौती
    कोरोनाको प्रभावले सबैभन्दा बढी चीनको उडानमा कटौती भएको छ । चीनबाहेक अन्य गन्तव्यका उडान कटौती कम छ । गतवर्ष यो सिजनमा चीनबाट सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० ओटा मात्र उडान भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    विमानस्थलका अनुसार नेपालको तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले मंगलवारदेखि दोहा उडान स्थगन गरेका छन् । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न कतारले नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि नेपालका विमान सेवा प्रदाकय कम्पनीले उडान स्थगित गरेका हुन् । निगमले मंगलवारबाट लागू हुने गरी दोहा उडान रद्द गरेको हो । दोहाको नियमित उडान १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।

    कतार एयरले भने दैनिक तीन उडान गरिरहेको छ । नेपालबाट चीनका चार गन्तव्यमा सातामा १५ उडान गर्दै आएको हिमालय एयरलाइन्सले अहिले सबै उडान बन्द गरेको छ । चीनबाट नेपाल उडान गर्ने सबै पाँच वायु सेवा प्रदायकले पनि उडानमा भारी कटौती गरेको प्राधिकरणका प्रवक्ता क्षत्रीले जानकारी दिए ।

    प्राधिकरणका अनुसार सातामा १४ उडान गर्दै आएको एयर चाइनाले अहिले सातामा एउटा, सातामा १४ उडान गर्दै आएको चाइना साउदर्नले सातामा दुईओटा र सातामा ११ उडान गर्ने चाइना इस्टर्नले अहिले सातामा सातओटा उडानमात्र गर्ने गरेका छन् । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान गर्दै आएको तिब्बत एयरलाइन्सले सबै उडान बन्द गरेको प्राधिकरणले जानकारी दिएको छ ।आर्थिक अभियान दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार