Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • छुवाछुतको आरोपमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत पक्राउ

    छुवाछुतको आरोपमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत एक शाखा अधिकृत पक्राउ परेका छन् । जातीय छुवाछुत गरेको आरोपमा शाखा अधिकृत श्रीकृष्ण बिडारी पक्राउ परेका हुन् । उनकी श्रीमती राधिका विडारीलाई पनि बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पीडित छात्रा दीपा नेपालीसहित चार जनाले केही दिनअघि बालाजु प्रहरीमा निवदेन दिएको निवेदनको आधारमा उनीहरु पक्राउ परेका हुन्। उनीहरुमाथि दलित विद्यार्थीलाई दलित भएकै आधारमा घरबाट निकाल्न खोजेपछि जातीय छुवाछुतको आरोप लागेको छ ।



    बालाजु नेपालटार घर भएका बिडारी यसअघि गृहमन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत रहेका थिए । उनी मंगलबारमात्रै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका छन् ।



    काठमाडौंमा अध्ययनरत् कैलाली र दैलेख स्थायी घर भएका ती चार विद्यार्थी तथा छात्रालाई दलित भएकै आधारमा बिडारीले कोठा छाड्न दबाब दिँदै आएका थिए। पछिल्लो समय बिडारीले ३५ दिने सूचना नै टाँसेका थिए।

    बिडारीको घरमा गत १३ मंसिरमा विद्यार्थीहरु कोठा सरेका थिए। तर, सरकारी कर्मचारीसमेत रहेका बिडारीले भोलिपल्टैदेखि कोठा छाड्न दबाब दिँदै आएका थिए।

    पीडित विद्यार्थी दीपाले गत १९ फागुनमा पत्रकार सम्मेलन गरी घटनाबारे पहिलो पटक सार्वजनिक रुपमा जानकारी गराएकी थिइन्। उनका अनुसार डेरा सरेकै दिन घरबेटीका छोरीले परिचय गरेकी थिइन्। परिचय गरेको भोलिपल्टै घरबेटी बिडारी दम्पत्तीले ‘तपाईहरु दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईहरुलाई यहाँ बसेको रुचाउँदैन र यहीँ घरमा भाडामा बस्नेहरुले पनि घर छाडेर जान्छु भन्दैछ’ भनेर कोठा छाड्न भनेको बताएकी थिइन्।

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेकी दीपाले यसअघि मानव अधिकारवादीसँग समेत आफ्नो समस्या सुनाएकी थिइन्। मानव अधिकारकर्मी गुनासो सुनिसकेपछि घरबेटीलाई फोन गरेर सम्झाएपछि विद्यार्थीहरुलाई बसुञ्जेलसम्म बस्न दिने भएका थिए।

    यसैबीच, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले दीपारिुद्ध भएको जातीय भेदभाव तथा छुवाछुतको विरोध जनाएको छ। अनेरास्ववियू त्रिवि कमिटीका संयोजक लोकेन्द्र यरी र सहसंयोजक अम्मरराज जोशीले नेपालको संविधान र कानून विपरीत जातीय भेदभाव र छुवाछुत गर्ने घरधनी बिडारीलाई विज्ञप्तिमार्फत् कारवाहीको गर्न माग समेत गरेकाे थियाे।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार