Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एफएनसीसीआईको चुनावमा कोरोनाको त्रास

    एफएनसीसीआईको चुनावमा कोरोनाको त्रास

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चैत २८ र २९ गते हुन भनिएको निर्वाचनमा नोबेल कोरोना भाइरसको त्रास देखाएर निर्वाचन सार्ने षड्यन्त्र हुन थालेको छ ।

    केही समय अगाडिदेखि उद्योगी–व्यवसायीबीच बढेको चुनावी सरगर्मी एकाएक घट्न थालेको छ । निर्वाचनमा पराजय हुने संभावना देखेको समूहले कोरोनाको संक्रमणलाई कारण देखाउँदै चुनाव सार्ने षड्यन्त्र गरिरहेको उद्योगी–व्यवसायीबीच चर्चाको विषय बनेको छ ।



    यद्यपी एफएनसीसीआई भने ५४औं वार्षिक सधारणसभाको तयारीमा जुटिरहेको छ । एफएनसीसीआईको विधानमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने भएकाले अहिले उक्त पदमा बढि चर्चा भइरहेको छ ।



    वरिष्ठ उपाध्यक्ष पदका लागि बैंकर तथा सफल उद्यमी चन्द्रप्रसाद ढकाल र अर्का उद्योगी किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । दुबैले आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।  प्रधान समूहले  कोरोनालाई साधारणसभा नै नगराउने षड्यन्त्रमा लागेको एफएनसीसीआईका एक पदाधिकारी बताउँछन् ।

    साधारणसभाबाट निर्वाचन प्रक्रियामार्फत १ वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्ष, जिल्लाबाट १८, वस्तुगतबाट १४, प्रदेशबाट ७, एसोसिएटबाट १९ र संस्थागतबाट १ जना कार्यकारिणी समिति सदस्य छनोट हुनेछन् ।

    निर्वाचनमा ढकाल समूहले आफ्नो पक्षमा अधिकांश उद्योगी–व्यवसायीहरु, जिल्ला र नगर उद्योग वाणिज्य संघहरु रहेको दावी गर्दै आएको छ । त्यस्तै वस्तुगत एसोसिएट्समा पनि आफ्नो माहोल रहेको ढकाल पक्षको बुझाई छ ।

    ढकालले देशभर नै चुनावी अभियानलाई तिव्रत दिएका छन् भने प्रधान सममूह पनि पछिल्लो चुनावी प्रचार प्रसारमा उत्रिएको छ । सरकारले कोरोनाको त्रासका कारण जुलुस तथा भिडभाड नगर्न प्रशासन कार्यालयहरुमाथि सूचना जारी गरिसकेको हुँदा उक्त सूचनालाई नै आधार देखाएर प्रधान समूह निर्वाचन नगराउने डिजाइनमा लागेको ति पदाधिकारीले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार