Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ग्यास पड्किएर सेनाका मेजर घाइते

    ग्यास पड्किएर सेनाका मेजर घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । नागार्जुन नगरपालिका वडा नम्बर ७ रामकोटको सोती गाँउस्थित एक घरमा आगलागी भएको छ ।

    पुरानो ढुङ्गामाटो र जस्ताको दुई तले घरमा आगो निभाउन खोज्दा ग्यास पड्किएर छिमेकी नेपाली सेनाका मेजर हरिहर गिरी घाइते भएका छन् । उनको नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।



    बुधबार बेलुका राति करेन्ट सट भएर स्थानीय देवेन्द्र राज गिरीको घरमा आगो भएको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले विद्युत सट भएर आगलागी हुँदा घरमा रहेको ग्यास समेत विष्फोट भएको बताए ।



    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको युद्ध कवच गण सितापाइलाको टोलीले दमकल र स्थानीयको सहयनेगमा आगो नियन्त्रणमा ल्याइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार