Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको जनाएकाे छ। महाशाखाका अनुसार साथै, हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य पहाडी भेगमा आंशिक बदली रहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा दिउसो र साँझपख मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।



    पूर्वानुमानका अनुसार देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार