Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँ पक्राउ

    होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँ पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 3.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ३ चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो।

    स्रोतका अनुसार मंगलबार साँझ ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँ नागुिरकहरुले ग्राहक बोलाउने विषयलाई लिएर नेपाली होटल व्यवसायीसँग विवाद भएपछि अवस्था झडपसम्म पुगेको थियो। विवादले झगडाको रुप लिएपछि चिनियाँहरुले नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोजेका थिए ।



    स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । महानगरीय प्रहरी बृत्त दरबारमार्ग स्रोतलेका अनुसार पक्राउ परेका चारै जना चिनियाँ नागरिकविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार