Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव नै संसदको कार्यसूचीबाट हटाइयो

    कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव नै संसदको कार्यसूचीबाट हटाइयो

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले कब्जा गरेको नेपाली भूभाग फिर्ता गराउन माग गर्दै प्रतिनिधिसभाको आजको बैठकमा संकल्प प्रस्ताव पेश गर्ने कार्यसूची रहेपनि अन्तिम समयमा आएर हटाइएको हो ।

    यसअघि यही २३ फागुनमा कार्यसूचीमै चढाएर पनि यो विषयलाई हटाइएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे सरोकारवालासँग थप छलफल आवश्यक रहेको बताएपछि सम्भावित कार्यसूचीबाट यो प्रस्ताव हटेको बताइएको छ ।



    पूर्वमन्त्रीसमेत रहेका नेकपा सांसद् खगराज अधिकारीले चार महिनाअघि यो संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए । सो प्रस्तावको समर्थक नेकपाकै सांसद् रामकुमारी झाँक्री छिन् ।



    संकल्प प्रस्तावमा,‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुराक्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकाले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ संकल्प प्रस्ताव दर्ता गरेको उल्लेख छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार