Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तीन लाख घुस काण्डमा पत्नीकाे नाम जाेडिएपछि पर्यटनमन्त्रीको स्पष्टीकरण

    तीन लाख घुस काण्डमा पत्नीकाे नाम जाेडिएपछि पर्यटनमन्त्रीको स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । तीन लाख घुस काण्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकी श्रीमती नर्सिङ काउन्सिल रजिष्ट्रार विन्दा घिमिरेकाे नाम लिएर काउन्सिलको एक सदस्य र विद्यार्थीबीचको फेसबुक म्यासेन्जरमा भएको कुराकानीका विषयमा मन्त्री भट्टराईले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूहरुले कुनै गल्ति नगरेको दावी गरेका छन्।

    भट्टराईले लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन। सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ। षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौं। कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला।’



    नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै घिमिरेको नाम जोडिएर कुराकानी भएको हो। काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको छ।



    काउन्सिलको सदस्य जिता बरालले एक विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेकी छन्। च्याटमा जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेका छन्। अहिले उक्त च्याट समाजिक सञ्जालमा भाइरल भइरहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार