Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • थुनामा रहेका सांसदको होली एसपीको कार्यकक्षमा!

    थुनामा रहेका सांसदको होली एसपीको कार्यकक्षमा!

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    कैलालीका एसपी सुदिप गिरिको कार्यकक्षमा बलात्कारको आरोपमा हिरासतमा रहेका प्रदेशसभा सदस्य अक्‍कल रावलसँग होली मनाउँदै अखिल नेपाल महिला संघ कैलालीकी अध्यक्ष गीता सोडारी सहितका महिला । तस्बिर : लक्ष्मी शाहको फेसबुकबाट ।

    धनगढी । बलात्कारको आरोपमा थुनामा रहेका नेकपाका सचेतक तथा प्रदेशसभा सदस्य अक्‍कल रावललाई कैलाली प्रहरीले आफ्नै कार्यकक्षमा होली मनाउन दिएको कुरा खुलासा भएकाे छ। कानुन सबैका लागि बराबर हुनुपर्छ। तर, कैलाली प्रहरीले शक्तिको बलमा बलात्कारको आरोपी रावललाई कैलाली प्रहरीले आफ्नै कार्यकक्षमा होली मनाउन दिएको हाे।

    प्रहरी उपरीक्षक सुदीप गिरिको कार्यकक्षको सोफा र पर्दा देखिने गरी सार्वजनिक भएको तस्बिरमा, अखिल नेपाल महिला संघ कैलालीकी अध्यक्ष गीता सोडारी सहितका तीन जना महिला र एकजना पुरुषले हाँस्दै होली मनाएकाे तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेकाे छ।



    नेकपा निकटका महिलाको समूहले प्रहरी उपरीक्षक सुदीप गिरिकै कार्यकक्षमा पुगेर बलात्कारको आरोपमा प्रहरी थुनामा रहेका प्रदेशसभा सदस्य रावलसँग रंग लगाएर होली खेलेको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।



    साविकको माओवादीबाट नेकपाको सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रहेकी लक्ष्मी शाह, सहितका तीनजना महिला र एकजना पुरुषले होली खेलको हुन् । रावल, बलात्कार आरोपमा फागुन २१ गतेदेखि प्रहरी हिरासतमा छन् । प्रदेशसभा सदस्य लक्ष्मी शाहले आफ्नो फेसबुक वालमा पोष्ट गरिएको तस्बिरमा ‘स्पेसल होली’ भनेर स्टाटस पनि लेखेकी छिन् ।

    धनगढी उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएकी एक महिलाले, प्रदेशसभा सदस्य रावलले आफूमाथि कोठामै आएर बलात्कारको प्रयास गरेको भन्दै फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन्।

    श्रीमान काठमाडौं गएका बेला मामा नाता लगाउँदै रावल, माघ २१ गते आफ्नो कोठामा आएर बलात्कारको प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छिन । यद्यपी प्रदेश सभा सदस्य रावल भने त्यो कुरा झुटो भएको दाबी गर्दै आएका छन ।
    रावललाई फागुन २१ गते कैलाली प्रहरीले पक्राउ गरेको थियो । उनको पहिलो पटक ४ दिन र त्यसपछि ७ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    विवाहित महिलामाथि बलात्कारको प्रयास गर्ने पीडकलाई हौसला दिने गरी नेकपाकै महिला नेतृहरुले, प्रहरी प्रमुखकै कार्यकक्षमा बोलाएर अबिरजात्रा गरेपछि सामाजिक सञ्जालमा त्यसको विरोध पनि भएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार