Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ७५३ वटै स्थानीय तहलाई ठूला जमघट नगर्न सरकारको आग्रह

    ७५३ वटै स्थानीय तहलाई ठूला जमघट नगर्न सरकारको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ ।

    मन्त्रालयले सबै स्थानीय तहलाई नोबेल कोरोना (कोभिड–१९)को संक्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै ठूला जमघटका कार्यक्रममा सर्वसाधारणलाई सहभागी नहुन अनुरोध गर्न आग्रह गरेको हो ।



    मन्त्रालयले स्थानीय तहलाई मानिसको ठूलो जमघट हुने सिनेमा हल, बसपार्क, पार्टीप्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्ट जस्ता स्थानमा स्वास्थ्यकर्मी टोली खटाई समयसमयमा परीक्षण गर्ने व्यवस्था मिलाउनेसमेत स्थानीय तहलाई आग्रह गरेको छ ।



    त्यसैगरी मन्त्रालयले कोभिड–१९ को संक्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमानाकामा उच्च सतर्कता अपनाई नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य जाँच÷स्क्रिनिङको कार्यलाई प्रभावकारी गर्न निर्देशन दिएको छ ।

    स्थानीय तहमा रहेका सबै अस्पताल, स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यकमात्रामा छुट्टै श्ययाको व्यवस्था मिलाउन, बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर गरी व्यवस्था मिलाउनसमेत अनुरोध गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार