Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • युवतीको अहपरण गर्ने विप्लव समूहका १३ कार्यकर्ता पक्राउ, पेस्ताेलसहित बम बरामद

    युवतीको अहपरण गर्ने विप्लव समूहका १३ कार्यकर्ता पक्राउ, पेस्ताेलसहित बम बरामद

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गत वर्ष फागुन अन्तिम साता सरकारले प्रतिबन्ध लगाएकाे नेत्रविक्रम चन्द नेतृत्वकाे नपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १३ कार्यर्ताहरु पक्राउ परेका छन् । सो समूहले बुधबार धनुषाबाट करिना मोक्तानलाई अपहरण गरेपछि प्रहरीले विशेष सूचनाकाे आधारमा करिनालाइ उद्दार गर्दै उनीहरूलाइ पक्राउ गरेकाे हाे।

    आफ्नो समूहमा आबद्ध गराउन हतियार देखाएर करिनालाइ अपहरण गरिएको थियो । युवतीको अपहरण गर्ने साे समूहका १३ कार्यर्ताहरुलाइ प्रहरीले हतियारसहित पक्राउ गरेकाे हाे। तीन वटा पेस्तोल र एक दर्जन बमसहित प्रहरीले उनीहरुलाई उयदपुरबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।



    २ नम्बर प्रदेश र १ नम्बर प्रदेशबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट तीन वटा पेस्तोल, नौ वटा सकेट बम तथा ६ वटा प्रेसर कुुकर बम बरामद भएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार