Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओलीसँग दूरी बढेका बेला राष्ट्रपतिसँग छलफल गर्न शितल निवास पुगे प्रचण्ड

    ओलीसँग दूरी बढेका बेला राष्ट्रपतिसँग छलफल गर्न शितल निवास पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दूरी बढेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शिलत निवास पुगेका छन् ।

    बुधबार दिउँसो दुई बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका प्रचण्डले एक घन्टा लामो कुराकानी गरेका थिए।



    स्वास्थ्यको कारण देखाउँदै केही दिनदेखि घरमै आराम गरिरहेका प्रचण्ड आज भने राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।



    फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएका प्रचण्ड त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । यद्यपी उनी सुकुटेमा आयोजित कार्यक्रममो उद्घाटनमा भने पुगेका थिए ।

    राष्ट्रपति भण्डारी र प्रचण्डबीच के कुराकानी भयो भन्नेबारे दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन्।

    प्रधानमन्त्री ओली भने यतिबेला मृगौला पत्यारोपण गराएर अस्पतालमा आराम गरिरहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार