Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • घुस काण्ड: मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेच्ने बराल को हुन्?

    घुस काण्ड: मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेच्ने बराल को हुन्?

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 4.4K
    SHARES

    काठमाडौं। तीन लाख घुस काण्डमा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम मुछिएपछि कानुनी उपचार खाेज्ने तयारीमा जुटेकी छिन्। घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडेर कुराकानी गर्ने जीता बराल काे हुन् भन्ने विषय सबैकाे लागि चासाेकाे विषय बनेकाे छ।

    नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै घिमिरेको नाम जोडिएर कुराकानी भएको हो। काउन्सिलकी सदस्य बरालले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको छ। पछिल्लो समय लाइसेन्समा ठूलो चलखेल हुने गरेको विषय बाहिर आउने गरेको छ ।



    घिमिरेको नाम बेचेर बरालले साँढे दुई लाख रुपैयाँ घुस लिएको विषय बाहिर आएको छ । बरालले फेसबुक मेसेन्जरमा घुस मागेको रेकर्ड छ । बराल काउन्सिलकी सदस्य हुन् । सदस्यमा उनको नाम दशौं नम्बरमा छ । एक युवतीलाई नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भनी घुस लिइसकेको विषय समावेश छ । जसमा बरालले घिमिरेले रजिष्टारसँग कुरा मिलाइदिने भनेकी छिन् ।



    यसैगरी, बिन्दा घिमिरेले आफूलाई घुस प्रकरणमा मुछेको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेकी छिन् । यस प्रकरणलगत्तै पर्यटनमन्त्री योगेश भट्टराईले गल्ती नगरेको र नगर्ने भन्दै फेसबुकमा लेखेका छन् । उनले षड्यन्त्र भएको समेत उल्लेख गरेका छन् । पर्यटनमन्त्री भट्टराईकी पत्नी विन्दा घिमिरे नर्सिङ काउन्सिलकी रेक्टर हुन् । काउन्सिलले नर्सिङको लाइसेन्सको परीक्षा लिन्छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार