Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • २ लाख नगद सहित वन कार्यालय दोलखाका प्रमुख रंगेहात पक्राउ

    २ लाख नगद सहित वन कार्यालय दोलखाका प्रमुख रंगेहात पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ लाख ५ हजार नगद सहित पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ । सेवाग्राहीसँग घुस लिएर दोलखाबाट हिडेको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा गाडी र घुस रकमसहित पक्राउ गरेको हो ।



    बिहीबार साँझ ६ बजेतिर श्रेष्ठलाई गठ्ठाघरमा उनी चढेको बा १ झ ७६८५ नम्बरको गाडी नियन्त्रणमा लिएर उनको साथमा रहेको रकम बरामद गरेको हो ।
    उनलाई नियन्त्रणमा लिएको र थप आवश्यक अनुसन्धान हुने अख्तियारले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार