Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नक्कली चिकित्सक पक्राउ

    नक्कली चिकित्सक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 1.6K
    SHARES

    सुर्खेत । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो ।

    नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।



    पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका रावलले बताए । उनका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार