Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गाउँपालिकाद्वारा मास्क उत्पादन

    गाउँपालिकाद्वारा मास्क उत्पादन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.5K
    SHARES

    अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए ।

    विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयवासीलाई वितरण गर्न सकिने गरी ३० हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भइरहेको उनले बताए।



    कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि पालिकाले आफँै उत्पादनमा ध्यान दिएको उनले बताए। “छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनि यसको जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ ।” उनले भने।



    पालिकाका सबै कर्मचारीलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालयमार्फत स्थानीयवासीलाई वितरण गर्न शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको उनले बताए । बजार भाउभन्दा सस्तो मास्क आफूहरुले उत्पादन गरेर वितरण गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार