Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बलात्कार प्रकरणमा अनेरास्ववियुका निलम्बित नेतालाई ८ वर्ष जेल

    बलात्कार प्रकरणमा अनेरास्ववियुका निलम्बित नेतालाई ८ वर्ष जेल

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौँ । जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियूका निलम्बित एक केन्द्रीय सदस्यलाई साढे आठ वर्ष कैद सजाय सुनाएको छ।
    जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साढे आठ वर्ष कैद सजाय सुनाएको हाे।

    त्यस्तै राईलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति समेत तिनुपर्ने गरी सजाय सुनाइएको हो । सोही अनुसार बिहीबार कैद सजाय निर्धारण गरेको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जनाकारी दिए ।



    जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे आठ वर्ष कैद र पीडित युवतीका लागि एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने फैसला गरेको हो ।



    राईले तिहारको बेला आफ्नै साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौं माकलबारी स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको थियो। पीडित युवतीले बौद्ध प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन्।

    जाहेरी परेपछि प्रहरीले प्रमाण संकलन र पीडित महिलाको स्वास्थ्य परीक्षण गरेको थियो । त्यसलगत्तै पक्राउ परेका राईलाई अनेरास्ववियूले केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार