Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

    कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.2K
    SHARES

    फाइल तस्विर

    मोरङमा कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, आन्नद कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साह पक्राउ परेका हुन् ।

    सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित ३ जना पक्राउ परेका हुन् । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सुनवर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट अनटेष्ट लेखिएको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार