Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकाले नै कोरोना भाइरस फैलाएको चीनको आरोप

    अमेरिकाले नै कोरोना भाइरस फैलाएको चीनको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । चिनियाँ सरकारले चीनमा नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रनुमा त्यसको कारक अमेरिकी सेना भएको जनाएको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका हुन् ।



    शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताएका छन् ।



    वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओ यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताए ।

    यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।

    चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।

    गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो । अहिले यसको संक्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार