Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दिउँसै लुटियाे नौ लाख!

    दिउँसै लुटियाे नौ लाख!

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.1K
    SHARES

    फाइल फोटो

    चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिनुभएको हो । उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् ।

    राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट दुई सय मिटरभित्र बोलाएर लुटेको प्रहरीले जनाएको छ । राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको प्रहरीले जानकारी दिएको छ । उनको खोजीकार्य भइरहेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार