Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मृगौलाको सफल प्रत्यारोपण गराएर आएका प्रधानमन्त्री ओलीलाई पिताले गरे स्वागत

    मृगौलाको सफल प्रत्यारोपण गराएर आएका प्रधानमन्त्री ओलीलाई पिताले गरे स्वागत

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 1.8K
    SHARES

    अस्पतालबाट फर्केपछि बाबुलाई ढाेग्दै प्रधानमन्त्री ओली

    काठमाडौं । दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गराएर प्रधानमन्त्री निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनैका पिता मोहनप्रसाद ओलीले स्वागत गरेका छन् ।

    शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर ओली आज आज डिस्चार्ज भएका हुन् ।



    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ अस्पतालबाट डिस्चार्ज गरेको जनाएको छ ।



    दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न ओली फागुन १९ सोमबार गते अस्पतालमा भर्ना भएका थिए भने बुधबार अप्रेसन भएको थियो ।

    मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो ।

    अस्पतालबाट डिस्चार्ज भए पनि प्रधानमन्त्री ओलीले कम्तिमा ६ महिनासम्म स्वाथ्यमा विशेष ख्यान दिनुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

    यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै व्यवस्था समेत गरिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार