Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आजकाे माैसम: असिना पानीसहित हिमपातको सम्भावना

    आजकाे माैसम: असिना पानीसहित हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भने अहिले देशका मध्य र पूर्वी भागमा सामान्यदेखि पूर्ण बदली रहेको र पश्चिमी भूभागमा आंशिक बदली भएको जानकारी दिएको छ ।

    यसका साथै, पूर्वी भागका केही स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाले दिउँसो देशका पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।



    पूर्वानुमानका अनुसार देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।



    यसैगरी, राति देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार