Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • जंगली हात्तीको आतंक बढ्दै, पञ्चकन्या सामुदायिक वनमा क्षति

    जंगली हात्तीको आतंक बढ्दै, पञ्चकन्या सामुदायिक वनमा क्षति

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 2.3K
    SHARES

    चितवन । पछिल्लाे समय पूर्वी चितवनमा जंगली हात्तीको आतंक बढ्दै गएकाे छ। पञ्चकन्या सामुदायिक वनको सीमावर्ती क्षेत्रमा जंगली हात्तीले पुनः आतंक मचाउन थालेपछि भाैतिक संरचनामा क्षति पुगेकाे छ।

    गतबर्ष जंगली जनावर तथा वन्यजन्तु र काठतस्करहरु सहजताका साथ सामुदायिक वन भित्र पस्न वा निस्कन नपाउन् भनेर पञ्चकन्या सामुदायिक वनले निर्माण गरेकाे बलियो गेट नै भत्काएर जंगली हात्तीले भौतिक संरचनामा क्षति पुर्याएपछि स्थानीय त्रसित भएका छन्।



    गएराति सामुदायिक वनको परिसरमा निर्मित गामवेसी चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर बसेका १६५ जना बालबालिका बसेको आवासमा जंगली हात्तीले छिर्ने प्रयासमा केन्द्रले निर्माण गरेको बलियो पर्खाल र गेट तोडफोड गरी क्षति पुर्याएको छ ।



    स्थानीयहरूले जंगली हात्तीको आतंकलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले बालीनाली र मानवीय क्षति ताराम्तार पुर्याईरहने बारेमा सम्पुृर्ण सीमावर्ती क्षेत्रका वडावासीहरु चिन्तित रहने उनले बताए । यसको लागि सम्बन्धित निकायको चाँडै ध्यान जावोस भनेर पनि स्हथानीयरुले अनुरोध गर्ने बताए।

    करिब एक बर्ष अघि पनि पञ्चकन्या सामुदायिक वनको सीमावर्ती क्षेत्र अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ११ मा पर्ने मंगलपुर आसपास क्षेत्रमा हात्तीले आतंक मचाएकाे थियाे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार