Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युएईमा कोरोनाकाे सन्त्रास, संक्रमित नेपालीलाई स्वदेश फर्काउन छलफल

    युएईमा कोरोनाकाे सन्त्रास, संक्रमित नेपालीलाई स्वदेश फर्काउन छलफल

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.8K
    SHARES

    यूएई । चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास यूएईमा व्यापक रुपमा रहेकाे छ। यूएईमा त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको छ । दूतावासका एक अधिकारले अवस्था सामान्य रहे पनि उनीहरुलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे छलफल भइरहेकाे छ ।

    दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले कारोना संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको पुष्टि गरिन्। दूतावासले ती कोरोना संक्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उनले बताइन् ।



    कोरोना संक्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भइरहेको प्रवक्ता धितालले जानकारी दिइन् । तर, यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन अहिलेसम्म अनुमति दिएको छैन । उसले यसबारे विभिन्न देशका प्रतिनिधिसँग छलफल गरिराखेको छ ।



    प्रवक्ता धिताल यूएई सरकारको कदमपछि नेपाल फर्काएर उपचार गर्ने वा यहीँ राख्ने भन्नेबारे निर्णय लिइने बताउँछिन् ।यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको संक्रमण फेला परेको थियो । उनीहरूको परिचय दूतावासले गोप्य राखेको छ ।

    नेपालीको मुख्य रोजगार गन्तव्य मानिन्छ, यूएई । चीन उद्गम भएर पुगेको कोरोना त्यहाँ फैलँदो क्रममा छ । हालसम्म त्यहाँका ९८ मानिसमा संक्रमण देखिएको छ । याे संक्रमणबाट मृत्यु भने भएको छैन । यद्यपि, त्यहाँ कार्यरत नेपालीमा त्रास छाएकाे छ । संक्रमण हुने र रोजगारी गुम्नसक्ने चिन्ता उनीहरूमा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार