Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • डब्लूएच­ओद्वारा प्रियंका र दीपिकालाई कोरोनाविरुद्धको लडाईँमा साथ दिन अपिल

    डब्लूएच­ओद्वारा प्रियंका र दीपिकालाई कोरोनाविरुद्धको लडाईँमा साथ दिन अपिल

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कलाकारहरुलाई अपिल गरेको छ।

    सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा हातेमालो गर्न विश्वका चर्चित कलाकार, खेलाडी र प्रतिष्ठित व्यक्तिलाई डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले आग्रह गरेका हुन्।



    यसमा बलिउडका दुई अभिनेत्री (जो हलिउडमा पनि चर्चित छन्) प्रियंका चोपडा र दीपिका पादुकोणलाई महानिर्देशक एधानोमले डब्लूएचओको ‘सेफ ह्याण्ड’ अर्थात हात धुने सचेतना अभियानमा सघाउन अपिल गरेका छन्।



    महानिर्देशक एधानोमले कोरोनाबाट बच्न सामाजिक सञ्जाल ट्वीटरमा ‘सेफ ह्याण्ड’ अभियान चलाएका छन्। यो अभियानलाई साथ दिँदै सचेतना फैलाउन उनले प्रियंका र दीपिकालाई मेन्सन गर्दै अनुरोध गरेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार