Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतमा ‘कोरोना’ नाम जाेडेर फिल्म बन्दै

    भारतमा ‘कोरोना’ नाम जाेडेर फिल्म बन्दै

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौँ । अहिले विश्वभर फैलिएकाे कोरोना भाइरसको संक्रमणले सबैलाई अस्तब्यस्त बनाएको छ । फिल्मी क्षेत्रमा पनि यसको असर देखा परेको छ । सबैभन्दा बढि फिल्म उत्पादन गर्ने बलिउडले समेत कोरोना संक्रमणको त्रासका कारण फिल्म प्रदर्शन मिति सार्न थालेको छ ।

    कोरोना संक्रमण फैलिएसंगै बलिउडमा फिल्मको सुटिङ रोकिएको छ । रोहित शेट्टीको सूर्यवंशीको प्रदर्शन मिति स्थगित भएको छ । तर यहि बलिउडमा एक रोचक बिषयले प्रवेश पाएको छ । जसका कारण बलिउड आफै त तरंगित छ नै अन्यत्र पनि यसले सबैलाई अचम्भित बनाएको छ ।



    यसरी सबैलाई अचम्भित पार्ने विषय भनेको बलिउडले कोरोनाको नाममा फिल्म बनाउने भएको हो । कोरोना भाइरसमा आधारीत रहेर बन्ने फिल्मको टाइटल समेत फाइनल भइसकेको छ । इराँस इन्टरनेसनलको ब्यानरमा बन्ने उक्त फिल्मको नाम ‘कोरोना प्यार है’ रहने छ । ऋतिक रोसन अभिनित फिल्म कहो ना प्यार है संग मेल खाने यस फिल्म लव स्टोरी कथामा आधारीत रहने जनाइएको छ ।



    इराँस इन्टरनेसनलका कृष्णा लुल्लाका अनुसार अहिले कोरोना प्यार है को स्क्रिप्टमा काम शुरु भइसकेको छ । इराँसका अलावा अन्य फिल्ममेकरले पनि कोरोना भाइरसमा फिल्म बनाउदैछन् । इण्डियन मोसन पिक्चर प्रोड्यूसर एसोसिएशनलाई पनि ‘डैडली कोरोना’ नाममा फिल्म बनाउन प्रस्ताव आइसकेको जनाइएको छ ।

    अहिले विश्वभर कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको छ । यसको संक्रमण फैलिए संगै विश्वका कैयौं मुलुकका मानिसहरु आफ्नो घर भित्र कैद भएका छन् । कोरोनाको महामारी यतिसम्म फैलिएको छ कि विश्वका कैयौ महत्वपुर्ण कार्यक्रम समेत रद्ध भएका छन् ।
    आजतकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार